थाहानगर/१० असार
नेकपा एमाले थाहा नगर कमिटीका अध्यक्ष अचुतम प्रसाद ढकालले थाहानगरले आज प्रस्तुत गरेको वजेट पुरानै कार्यक्रमको निरन्तरता भएको टिप्पणी गरेका छन् ।
एघारौं नगर सभामा एमाले अध्यक्ष ढकालले नगरको नीति तथा कार्यक्रम एकातिर र वजेट विनियोजन अर्कोतर्फ भएको भन्दै वजेट ल्याउनु अघि नै थाहामा कृयाशील दलहरुसङ्ग छलफल गरेको भए उत्कृष्ट वजेट बन्ने टिप्पणी गरे ।
ढकालले आफू दलको अध्यक्ष मात्र नभई उपविजेता मेयर समेत रहेको स्मरण गराउदै नगरले निमन्त्रणा गर्न कन्जुस्याई गरेकोमा गुनासो समेत गरे । आफूले निरन्तर नगरपालिकाको कार्यशैली र कार्यक्रममा खबरदारी गरिरहने बताउदै नगर सुशासनको क्षेत्रमा निक्कै कमजोर रहेको भन्दै सुशासन कायम गर्न सुझाव दिए ।
यसैबीच, थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले वजेट कार्यान्वयनमा इमान्दारिता अपनाउन सके समग्रमा वजेटले उपलब्धि हासिल गर्ने बताएका छन् । प्रधानले पछिल्लो समय श्रमदानको पाटो अत्यन्तै कमजोर बन्दै गएको प्रति औंल्याउदै वजेट कार्यान्वयनमा अनुगमन कडाई गर्न आवश्यक रहेको बताए । पालिकाले संघीय र केन्द्रीय सरकारको भरमा मात्र नबसी आफ्नो उत्पादनलाई ध्यान दिएर आन्तरिक आय बढाउने तर्फ लाग्न नगर सभा सदस्यहरुलाई आग्रह समेत गरे । प्रधानले पालिकाको आन्तरिक आय बढाउन उद्योग वाणिज्य संघले सहकार्य गर्न तयार रहेको बताए ।
सभामा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुवर्ण गोपालीले वजेटले माओवादी द्वन्द्वकालमा शहिद भएकाहरुको स्मरणमा कुनै कार्यक्रम नपरेको प्रति गुनासो गर्दै शहिदहरुको सम्झना झल्किने कार्यक्रम ल्याउन समेत सुझाव दिएका छन् ।
-
20 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments