Byroad News

Loading...

बन्धक बनाएको आरोपमा हेटौंडाबाट तीन जना पक्राउ


बन्धक बनाएको आरोपमा हेटौंडाबाट तीन जना पक्राउ

हेटौंडा/८ असार
हेटौंडामा बन्धक बनाएर फिरौती रकम माग गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–१५ बस्ने २९ वर्षीय सुरेश लामा, हेटौंडा–१२ बस्ने २१ वर्षीय समिर बल र सोही वडा बस्ने २८ वर्षीय अशोक लामा रहेका छन् ।

उनीहरुले हेटौंडा–१० बसपार्कस्थित ट्राभल होटल एण्ड लजको कोठा नंबर १०७ मा पर्सा बिरंगज महानगरपालिका १९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाएर राखेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

श्रीवास्तवलाई जेठ २९ गते बन्धक बनाएर उनको घरमा फोन सम्पर्क गर्न लगाएर फिरौती रकम समेत माग गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई सोमबार नियन्त्रणमा लिई जिल्ला अदालतबाट दिन ५ दिनको म्याद लिएर अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Comments

KATHMANDU WEATHER