Byroad News

Loading...

'थाहा'को स्मृतिमा फलफूलका बिरुवा रोपिए


'थाहा'को स्मृतिमा फलफूलका बिरुवा रोपिए

थाहानगर/७ असार
थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र बिष्टको २३ औ स्मृति दिवशको अवसरमा वृक्षारोपण गरिएको छ ।

थाहा नगरपालिका ४ मा रहेको थाहा स्मारकमा फलफूलका विरुवाहरु रोपेका हुन् । नगरपालिका प्रमुख बिष्णु बहादुर बिष्ट, उपप्रमुख भरत गोपाली, ३ नम्बर वडाध्यक्ष हिरेन्द्र रायमाझी, भूमी समस्या समाधान आयोग मकवानपुरका सदस्य अरुण रायमाझी, फरक सोचका अभियान्ता यादव जङ्ग रायमाझी, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुवर्ण गोपालीलगायतले फलफूलका बिरुवा रोपेका हुन् ।

वृक्षारोपणका लागि शितोष्ण बागवानी केन्द्र दामनले १ सय वोट फलफूलका बिरुवा उपलब्ध गराइएको थियो । हलुवाबेद, स्याउ, जापनीज नासपाती, आरु, आल्चालगायतका विरुवा रोपिएको फरक सोचका अभियान्ता यादव जङ्ग रायमाझीले जानकारी दिए ।

तस्वीर सौजन्य: यादव जङ्ग रायमाझी

Comments

KATHMANDU WEATHER