हेटौंडा/३ बैशाख
नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुरको जिल्ला अधिवेशन हेटौँडामा सम्पन्न भएको छ ।
अधिवेशनले सबिन मोक्तानको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा बिक्रम लामिछाने, रुपा ढुंगाना सचिवमा संगीत श्रेष्ठ, सहसचिव रोशन ठकुरी र आशिष थापा मगर र कोषाध्यक्ष केदार थिङ चयन भएका छन् ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सदस्य बलराम बल, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, खेलकुद महासंघ स्थायी कमिटी सदस्य धरम बहादुर लामा, सचिवालय सदस्य दिपक न्यौपाने, सदस्यहरु बुद्धि डिम्डुङ, दिपक खड्का, चन्द्र शाही प्रदेश सचिव जनरल श्रेष्ठ, कोषाध्यक्ष इन्द्र सन्जेल लगायतको आतिथ्यता थियो ।
-
16 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
16 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments