थाहानगर/२ बैशाख
नयाँ बर्षको पावन अवसरमा 'पालुङ साहित्यिक साँझ-२०७९' सम्पन्न भएको छ।
स्थानीय कविहरू नवराज बर्तौला, भद्रध्वज गौतम, राम बर्तौला 'आँसु', अञ्जय प्रधान, सालिकराम बर्तौलाले आ-आफ्नो रचना वाचन गरे । साँझमा चन्द्रनिगाहपुर रौतहटका वरिष्ठ साहित्यकार हरिकृष्ण काफ्लेको बिशेष प्रस्तुति रहेको थियो । नेपाली साहित्यका शिखर व्यक्तित्व हरिकृष्ण काफ्ले मुक्तक विधामा ४ दशकदेखि सक्रिय साधनारथ छन् । उनका ३ वटा कृति प्रकाशित छन् भने अर्को कृति प्रकाशनको तयारीमा छ ।
जीवन र जगतका विविध विषयलाई गम्भीर ढंगले दार्शनिक अभिव्यक्तिका साथ कलात्मक विचार प्रवाह गर्नसक्ने हैसियत निर्माण गरेका काफ्ले समकालीन समयका चर्चित मुक्तककार हुन्।
उनको योगदानको उच्च मूल्यांकन गर्दै संस्थाले मुक्तक रत्न २०७९ समर्पण गरेको छ। मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा स्थापना भएको पालुङ साहित्य परिषद्ले यसभन्दा अगाडि राष्ट्रिय गजल यात्रा, यात्रा साहित्य, साहित्य महोत्सव, पुस्तक प्रकाशन र प्रतियोगियात्मक कविता गोष्ठीलगायत अन्य विविध कार्यक्रम सम्पन्न गरिसकेको छ ।
भद्रध्वज गौतमको संयोजन तथा संस्थाका अध्यक्ष बिर्खे अञ्जानले सञ्चालन गरेको पालुङ साहित्यिक साँझमा स्थानीय जनसहभागिता उल्लेखनीय रहेको थियो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments