काठमाडौं/३० फागुन
१४ औं महाधिवेशन सकिएको करिब तीन महिना पुग्नै लाग्दा बल्ल कांग्रेसको जिल्ला अधिवेशन सकिएको छ । सिन्धुपाल्चोक, बारा र सर्लाहीको अधिवेशनले आइतबार नयाँ नेतृत्व चयन गरेसँगै बाँकी रहेका जिल्लाको अधिवेशन पनि सकिएको हो ।
आन्तरिक विवाद र मौसमको प्रतिकूलतका कारण १६ वटा जिल्लाको अधिवेशन महाधिवेशन भन्दा पछि सम्पन्न गर्ने निर्णय कांग्रेसले गरेको थियो ।
७७ वटै जिल्लामा अधिवेशन सकिंदा सभापति शेरबहादुर देउवा पक्ष सभापतिमा बलियो देखिएको छ । यद्यपि केही जिल्ला सभापति भने सभापति देउवा र शेखर पक्षले आ(आफ्नो निकट भएको दाबी गरेका छन् ।
नेताहरुको दाबी अनुसार देउवा पक्षले ४२ र डा. शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेको छ । पार्टीमा तेस्रो समूहको रुपमा परिचित नेता कृष्णप्रसाद सिटौला पक्षका दुई जनाले जिल्ला सभापतिमा जीत निकालेका छन् ।
१३ औं महाधिवेशनमा भन्दा देउवा पक्ष अहिले तुलनात्मक रुपमा बलियो देखिएको छ । तत्कालीन समयमा ४२ जिल्ला सभापति नेता रामचन्द्र पौडेलको पक्षमा उभिएका थिए ।
महोत्तरीमा विजयी नागेश्वर यादव, स्याङ्जामा विजयी राजु थापा, रूकुमपूर्वमा विजयी केशरमान रोकालाई सभापति देउवा र शेखर पक्षले आ—आफ्नो निकट भएको दाबी गरेका छन् ।
संस्थापनइतरमा चिनिएका नुवाकोटमा विजयी रमेश महत संस्थापनको साथले विजयी भएका थिए । नेता प्रकाशमान सिंह संस्थापन पक्षमा ढल्किएपछि उनी निकट कृष्णसबुज बानियाँको पक्षधरता अन्योल छ । बानियाँ काठमाडौं जिल्ला सभापतिका लागि दोस्रो पटकका लागि विजयी भएका थिए ।
देउवा पक्षबाट विजयी जिल्ला सभापतिहरु:
१) पाँचथर: रूपनारायण जवेगु
२) ताप्लेजुङ: गजेन्द्रप्रसाद तुम्याहाङ
३) ओखलढुंगा: तेजेन्द्र खनाल
४) लमजुङ: टकराज गुरूङ
५) सल्यान: केशवबहादुर विष्ट
६) डोल्पा: दीपेन्द्रबहादुर शाही
७) डडेल्धुरा: भीमबहादुर साउद
८) म्याग्दी: खमबहादुर गर्बुजा
९) मुगु: ऐनबहादुर शाही
१०) मनाङ: शंकर गुरूङ देउवा
११) हुम्ला: मोहनविक्रम सिंह
१२) बझाङ: खड्क बोहरा
१३) रामेछाप: पूर्णबहादुर (कान्छाराम० तामाङ
१४) जुम्ला: कर्णबहादुर शाही
१५) जाजरकोट: बेदराज सिंह
१६) डोटी: नरेन्द्रबहादुर सिंह
१७) रूकुम: प्रेमप्रकाश वली
१८) पर्वत: युवराज जोशी
१९) इलाम: डम्बरबहादुर खड्का
२०) सुर्खेत: खड्ग पोखरेल
२१) रूपन्देही: रामकृष्ण खाण
२२) कास्की: किशोरदत्त बराल
२३) काभ्रे: तीर्थ लामा
२४) तनहुँ: जितप्रकाश आले
२५) ललितपुर: जितेन्द्रकुमार श्रेष्ठ
२६) कञ्चनपुर: पदम बोगटी
२७) उदयपुर: हिमाल कार्की
२८) भक्तपुर: दुर्लभ थापा
२९) बर्दिया: अरूणप्रकाश सिंह राठौर
३०) सोलुखुम्बु: नाम्गेल जाङ्बु शेर्पा
३१) रसुवा: पेम्वाछिरिङ तामाङ
३२) धनकुटा: दिनेश राई
३३) कैलाली: नारायणदत्त भट्ट
३४) मकवानपुर: बुद्ध लामा
३५) पर्सा: जनार्दनसिंह क्षेत्री
३६) सर्लाही: सुरेन्द्रप्रसाद सिंह
३७) रौतहट: सुनिलकुमार यादव
३८) अछाम: पुष्पबहादुर शाह
३९) बारा: राजेश राय यादव
४०) सिरहा: रामचन्द्र यादव
४१) धनुषा: योगेन्द्र पजियार
४२) सिन्धुपाल्चोक: जंगबहादुर तामाङ
शेखर पक्षबाट विजयी जिल्ला सभापतिहरु
१) तेह्रथुम: अर्जुन तुम्बाहाम्फे
२) खोटाङ: विष्णुकुमार राई
३) रोल्पा: किशोर आचार्य
४) भोजपुर: विनोद वान्तवा
५) प्युठान: विष्णुकुमार गिरी
६) अर्घाखाँची: केशव श्रेष्ठ
७) काठमाडौं: कृष्णसबुज बानियाँ
८) बैतडी: चतुरबहादुर चन्द
९) दोलखा: बर्मा लामा
१
१०) गोरखा: नन्दप्रसाद न्यौपाने
११) कालिकोट: अम्बबहादुर शाही
१२) संखुवासभा: दीपक खड्का
१३) रूकुमपूर्व: केशरमान रोका
१४) मुस्ताङ: रोमीगौचन थकाली
१५) बाजुरा: रामसिंह रावल
१६) नुवाकोट: रमेश महत
१७) नवलपरासी पश्चिम: अर्जुनकुमार पोखरेल
१८) पाल्पा: हिमालदत्त श्रेष्ठ
१९) स्याङ्जा: राजु थापा
२०) दार्चुला: ललितसिंह बोहरा
२१) दाङ: शंकरप्रसाद डाँगी
२२) दैलेख: मणिराम रेग्मी
२३) गुल्मी: खिलध्वज पन्थी
२४) धादिङ: रामनाथ अधिकारी
२५) सुनसरी: केदार भण्डारी
२६) कपिलवस्तु: अब्दुल कलाम खाँ
२७) चितवन: राजेश्वर खनाल
२८) महोत्तरी: नागेश्वर यादव
२९) सिन्धुली: उपेन्द्र पोखरेल
३०) सप्तरी: रामदेव साह
३१) मोरङ: डिगबहादुर लिम्बू
३२) बाँके: नारायण गौडेल
३३) नवलपुर: महेन्द्रध्वज जिसी
सिटौला पक्ष
१) झापा: देउमान थेबे
२) बागलुङ: जित शेरचन
—अनलाइन खबर
-
23 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments