पोखरा/२९ फागुन
नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत चयन भएका छन् । प्रेस चौतारी नेपालको पोखरामा सम्पन्न नवौ महाधिवेशनले बस्नेतलाई सर्बसम्मत रुपमा चयन गरेको हो ।
उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई, देबिका घर्ती मगर चयन भएका हुन् । त्यस्तै, महासचिवमा हिरामान लामा चयन भएका हुन् भने उपमहासचिवमा राजु सुवेदी र सुरोजंग पाण्डे चयन भएका छन् ।
त्यसैगरी सचिबहरुमा बिस्णु तारुके बागमती, हरि बल्लब नेपाल प्रतिस्ठान, बिक्रम लुइँटेल प्रदेश नं १, लोकसरी कुंवर सुदूरपश्चिम, बिष्णु शर्मा कर्णाली, सुश्मा पौडेल गण्डकी, कमल उपाध्याय मधेस प्रदेश, प्रदिप आचार्य लुम्बिनी प्रदेश चयन भएका हुन् । कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् ।
Featured News
-
23 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments