थाहानगर/२५ फागुन
नेकपा एमाले मकवानपुरले बुधबार जिल्ला कमिटी सदस्यहरुको कार्यविभाजन गरेको छ ।
केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बसेको जिल्ला कमिटी बैठकले २८ जनालाई मनोनित गर्दै थप जिम्मेवारी बाँडफाँड गरेको हो । बैठकले जिल्ला सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्च पनि गठन गरेको छ ।
बैठकले ३३ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिनु भयो ।
यसैबीच, एमाले जिल्ला कमिटी सदस्यहरुमध्ये बुधबारको बैठकले बिष्णु प्रसाद ढकाललाई जिल्ला कमिटी सदस्यमा मनोनित गर्दै थाहा नगर इन्चार्जको जिम्मेवारी दिएको छ ।
यसैगरी जिल्ला सदस्य सुरेन्द्रमान प्रधानलाई प्रेस चौतारी नेपाल मकवानपुर इन्चार्ज तथा थाहा नगर सह-इन्चार्ज, शशीधर सुवेदीलाई पर्यटन बिभाग इन्चार्ज तथा थाहा नगर सह-इन्चार्ज, केदार बललाई प्रदेश सभा २ सह-इन्चार्ज, कल्पना बलामीलाई थाहा ६ नम्बर वडा इन्चार्ज, हरि गोपालीलाई १० नम्बर वडा इन्चार्ज, सुनिता दोङलाई ११ नम्बर वडा इन्चार्ज, शिवराम थापालाई ३ नम्बर वडा इन्चार्ज र युवराज गोलेलाई १२ नम्बर वडा इन्चार्जको जिम्मेवारी दिएको छ ।
बैठकले आगामी कार्ययोजनाहरु निर्माण समेत गरेको छ ।
-
23 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments