काठमाडौं/२३ फागुन
स्थानीय तहको निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङको हुने भएको छ ।
निर्वाचन आयोगले मतपत्रमा प्रयोग हुने चुनाव चिह्नको रङ टुंगो लगाएको हो । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार २०७४ को चुनावमा सेतो कागजमा निलो रङको चिह्न थियो ।
मतदानमा प्रयोग हुने रङ पनि निलो भएकाले उज्यालो कम भएको बेला वा रातको समयमा मतगणना गर्न अप्ठ्यारो भएको थियो । पछिल्लो चुनावमा रातो रङ प्रयोग गरिएको थियो ।
यो पटक हरियो रङको चुनाव चिह्न हुनेछ भने स्वस्तिक छापको रङ निलो नै हुनेछ ।
Featured News
-
23 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments