Byroad News

Loading...

अनेमसंघले मनायो ११२ औं अन्तर्राष्ट्रिय महिला दिवश


अनेमसंघले मनायो ११२ औं अन्तर्राष्ट्रिय महिला दिवश

थाहानगर/२२ फागुन
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) थाहा नगर कमिटीले एक कार्यक्रम गरी ११२ औं अन्तर्राष्ट्रिय महिला दिवश मनाएको छ ।

अनेमसंघ केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर ईन्चार्ज पद्मा पौडेलले संविधानले सुनिश्चितता गरेको महिला हकहितलाई व्यवहारमा उतार्ने चुनौती रहेको बताउनु भयो । 

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य बरिना बलले एमालेले मात्र महिलाहरुको समस्या सम्बोधन गर्ने भएको हुँदा सबै महिलालाई अनेमसंघमा लाग्न प्रेरित गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य सुरेन्द्रमान प्रधानले गएको स्थानीय निर्वाचनमा गठबन्धनको नाममा महिलाहरुको अधिकारलाई माओबादी र काङ्ग्रेसले खोसेको बताउदै अब भोट माग्न आउँदा किन महिलालाई नेतृत्वमा पुर्याउन बाधा खडा गर्नु भयो भनेर माओबादी र काङ्ग्रेसलाई सोध्न आग्रह गर्नु भयो । प्रधानले पुरुष कै कारण महिलाहरु पछि परेको भनेर अब नारा रटान नगरी आएको अवसर प्राप्त गर्ने तर्फ ध्यान पुर्याउन आग्रह गर्नु भयो ।

कार्यक्रममा एमाले जिल्ला सदस्य सुनिता दोङ, नगर उपाध्यक्ष हेम थिङ, अनेमसंघ जिल्ला उपाध्यक्ष चमेली बल, २ नम्बर वडाध्यक्ष गुप्त बहादुर कार्की, राष्ट्रिय युवा संघ नेपाल थाहा नगर अध्यक्ष प्रदिप भट्टलगायतले लैङ्गिक बिभेदको अन्त्यका लागि सबै जागरुक हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रम अनेमसंघ थाहा नगर कमिटी अध्यक्ष सुमित्रा केसीको अध्यक्षतामा भएको थियो ।

Comments

KATHMANDU WEATHER