Byroad News

Loading...

स्थानीय निर्वाचनका लागि १७९ जना निर्वाचन अधिकृत तोकिए (सुचीसहित)


स्थानीय निर्वाचनका लागि १७९ जना निर्वाचन अधिकृत तोकिए (सुचीसहित)

काठमाडौं/१८ फागुन
स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा सिफारिस भएकामध्ये १७९ जनाको नाम टुंगिएका छन्।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको न्याय परिषद्को बैठकले ४६७ जनाको नाम सिफारिस गरेको थियो। जसमध्ये १७९ जनाको नाम टुंगिएको हो। बाँकी निर्वाचन अधिकृतहरुको नाम पनि छिट्टै टुंगिने न्याय परिषद्ले जनाएको छ।

जिल्ला न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृतका रुपमा खटाउने चलन छ। तर त्यसका लागि न्याय परिषद्को स्वीकृति अनिवार्य हुने संवैधानिक व्यवस्था छ। परिषद्ले ९२ जिल्ला न्यायाधीश, न्याय समूहका १७९, कानुन समूहका ४९ र सरकारी वकिल समूहका १४७ जना उपसचिवलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको थियो।

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी निर्वाचन आयोगले तीव्र पारेको छ।

तोकिएका निर्वाचन अधिकृतहरुको सुची: 

Comments

KATHMANDU WEATHER