Byroad News

Loading...

काङ्ग्रेस अधिवेशन: पदाधिकारीमा अधिकांश लामिछाने प्यानलको जित


काङ्ग्रेस अधिवेशन: पदाधिकारीमा अधिकांश लामिछाने प्यानलको जित

हेटौंडा/१८ फागुन
नेपाली काङ्ग्रेसको जिल्ला अधिवेशनअन्तर्गत् पदाधिकारीतर्फको अन्मित परिणाममा अधिकांश जयराम लामिछाने प्यानलको जित भएको छ ।

कुल ६ जना पदाधिकारीमध्ये ५ जना लामिछाने पक्षमा उम्मेदवार विजयी भएका हुन् । एकजना मात्र संस्थापन पक्षबाट विजयी भएका छन् । 

कुल १७ सय ७१ मत गणना हुँदा उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका हुन् । कठायतले ६११ र लामिछानेले ६०६ मत प्राप्त गरेका छन् । दुवै लामिछानेका हुन् । उपसभापतिमा गोपीलाल विश्वकर्माले ५४२, रामबाबु बानियाँ ४८७, भीम लामाले ४६३, रमेश गिरी ३५३, चन्द्रबहादुर पौडेल ८२ मत प्राप्त गरे ।

सचिवमा दुवैजना लामिछाने प्यानल नै विजयी भएका छन् । भीमसेन महत ८१३ र इश्वर पाठक ७३५ मत प्राप्त गरी विजयी भएका हुन् । बुद्ध लामा पक्षका यतिराज सापकोटा ५४८, अर्जुनप्रसाद चौलागाईंले ३९७, प्रदिप कोइराला ३६८ र मानबहादुर पाटा मगर २५० मत प्राप्त गरे । 

यसैगरि सहसचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं ‘निशान’ विजयी भएका छन् ।

Comments

KATHMANDU WEATHER