हेटौंडा/१७ फागुन
नेपाली काङ्ग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा दोश्रो चरणको निर्वाचनअघि सर्वसम्मत निर्वाचित भएका छन् ।
पहिलो चरणको प्रतिस्पर्धामा प्रथम स्थान हाँसिल गरेका लामालाई दोश्रो चरणको निर्वाचनअघि दोश्रो स्थान हाँसिल गरेका आनन्दराम पराजुलीले समर्थन गरेपछि लामा १४ औँ जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।
सोमबार भएको निर्वाचनमा लामा ५९२ मत सहित पहिलो भएका थिए । आनन्दराम पराजुली ५४५ मत सहित दोश्रो भएका थिए ।
पहिलो चरणको निर्वाचनबाट ५३१ मत पाएका जयराम लामिछाने बाहिरिएका थिए । काङ्ग्रेसको बिधान अनुसार सभापतिमा निर्वाचित हुन कम्तिमा ५१ प्रतिशत मत आवश्यक पर्छ ।
संस्थापन पक्षबाट बुद्ध लामा, आनन्दराम पराजुली तथा संस्थापन इतरबाट जयराम लामिछानेले सभापतिमा प्यानल सहित उम्मेद्वारी दिएर निर्वाचनमा होमिएका थिए ।
Featured News
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments