हेटौंडा/१७ फागुन
नेपाली काङ्ग्रेस मकवानपुरको सभापति पदको लागि आज पुनः निर्वाचन हुने भएको छ । सोमबार भएको निर्वाचनमा सभापतिका तीनै जना उम्मेद्वारले नेपाली कँंग्रेसको विधान अनुसार पहिलो चरणमा ५१ प्रतिशत ल्याउन नसकेपछि आज पुनः निर्वाचन हुने भएको हो ।
सोमबार भएको निर्वाचनमा ५९२ मत सहित पहिलो भएका बुद्ध लामा र ५४५ मत सहित दोश्रो भएका आनन्दराम पराजुलीबिच प्रतिस्पर्धा हुने भएको हो । मंगलबार हुने निर्वाचनमा महत्वपूर्ण भूमिका अर्थात निर्णयक मत भने जयराम लामिछाने समूहको हुने देखिएको छ । लामिछानेले पाएको ५३१ मत लामा या पराजुली कता जन्छ उहि नै विजयी हुने प्रवल संभावना देखिएको छ ।
सभापति सहित कुल ४८ पदको लागि भएको मतदानमा १ हजार ७ सय ७५ मत खसेको थियो । यो पटक कांग्रेस मकवानपुरको नेतृत्वकको लागि तिन जनाले सभापतिमा उम्मेद्वारी दिएका थिए । सस्थापन पक्षबाट बुद्ध लामा, आनन्दराम पराजुली तथा सस्थापन इतरबाट जयराम लामिछानेले सभापतिमा प्यानल सहित उम्मेद्वारी दिएर मैदानमा होमिएका थिए ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments