थाहानगर/१२ फागुन
करिव १० वर्षदेखि साँझ पर्ने बित्तिकै उज्यालो हुने थाहानगरको थानाबजार गत आइतबारदेखि अन्धकार भएको छ । सडक अन्धकार भएको मात्र होइन घर तथा पसलहरुबाट निस्किने फोहोर समेत उठेको छैन ।
वडा कार्यालयले कार्यविधि अनुसार बजार व्यवस्थापन समितिलाई सहयोग नगरेपछि समितिले आक्रोसमा ती सेवाहरु बन्द गरेका हुन् ।
स्थानीय तहले मिति २०७५ बैशाख १२ गते बजार व्यवस्थापन समिति गठन गरि सरसफाइ तथा सडक बत्तिको जिम्मेवारी दिइएको थियो । स्थानीय तहको कार्यविधि अनुसार सम्बन्धित बजारमा बसोबास गर्ने र व्यवसाय सञ्चालन गरेर बसेका सबै सो समितिको सदस्य हुनु पर्ने प्रावधान छ । समितिले बनाएको नियम तथा शर्तहरु पालना नगर्नेहरुलाई समितिको उजुरीका आधारमा वडा कार्यालय तथा नगरपालिकाबाट हुने सेवा प्रवाहमा रोक लगाउन सकिने प्रावधान छ । तर, अहिलेसम्म समितिले वडा कार्यालयमा गरेको गुहार नसुनेर उल्टै समितिसङ्ग प्रतिबाद गरेपछि समितिले सेवा बन्द गरेको हो ।
थानाबजारमा करिव १३० जना सदस्य रहेकोमा करिव १८-२० जनाले सेवा शुल्क तिर्न आलटाल गर्दै आएपछि बजारमा यो समस्या सिर्जना भएको समितिका अध्यक्ष रामबहादुर खत्रीले बताउनु भयो । समितिले प्रति सदस्य मासिक १५० रुपैयाँ उठाउने गरेको छ ।
वडा कार्यालयले आवश्यक सहयोग नगरेपछि समितिले नगरपलिकामा गुहार मागेको छ । वडा कार्यालय र नगरपालिकाले आवश्यक सहयोग नगरे समितिको सबै जिन्सी सहित नगरपालिकालाई नै बुझाएर झमेलाबाट मुक्त हुने सोचमा समिति पुगेको छ ।
थानाबजारमा बैक तथा वित्तीय संस्थाहरु, इलाका प्रहरी कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय जस्ता सरकाअरी कार्यालयहरु समेत रहेकाले बढी भिडभाड हुने गर्दछ । मानिसको बढी भिडभाडका कारण बढी फोहोर संकलन हुने र राती पनि उत्तिकै जोखिम हुने गरेको छ ।
केहि दिन अघिमात्र बत्ति नभएको मौका पारी ओखर बजार र खानीगाउमा गरि ७ वटा घर तथा पसलहरु चोरी भएको थियो ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments