Byroad News

Loading...

काङ्ग्रेस मकवानपुरको अधिवेशन फेरि सर्यो


काङ्ग्रेस मकवानपुरको अधिवेशन फेरि सर्यो

काठमाडौं/१२ फागुन
नेपाली कांग्रेसको मकवानपुरलगायत १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ।

कांग्रेसले बुधबार एक सूचना जारी गरी ती जिल्लाको अधिवेशन स्थगित गरेको हो। अब ती अधिवेशन फागुन २० गते हुने कांग्रेसले जनाएको छ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तु र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जनाएको छ।

फागुन १५ गते ती जिल्लामा अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका थियो।

Comments

KATHMANDU WEATHER