Byroad News

Loading...

काङ्ग्रेस अधिवेशन फेरि सर्यो


काङ्ग्रेस अधिवेशन फेरि सर्यो

काठमाडौं/५ फागुन
नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सारिएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले फागुन १३ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन १५ गतेका लागि सारेको हो ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पार्टी नेतृत्वको अनुरोध अनुसार १३ गतेको कार्यतालिका संशोधन गरिएको बताए । निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन र  महेन्द्रनारायण निधिको जन्मजयन्तीलाई मध्यनजर गरी अधिवेशन दुई दिन सारिएको बताए।

‘१३ गते मधेशका जिल्लाहरूबाट महेन्द्रनारायण निधिको जन्मदिनमा नगरौं भन्ने कुरा आयो,’ उनले भने, ‘ यता नेपाल बारको सम्मेलनले निर्वाचन अधिकृतलाई पनि समस्या हुने भएपछि सारिएको हो ।’

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्ला अधिवेशन हुन बाँकी छ

Comments

KATHMANDU WEATHER