Byroad News

Loading...

बिहीबारदेखि दल दर्ता हुने


बिहीबारदेखि दल दर्ता हुने

काठमाडौं/२ फागुन
स्थानीय तह निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ता गर्ने भएको छ । यसअघि दर्ता भइसकेका दलहरूले पनि नयाँ निर्वाचनका लागि दर्ता गर्नुपर्ने हुन्छ ।

आयोगले स्वीकृत गरेको कार्ययोजना अनुसार फागुन ५ देखि १५ गतेसम्म दल दर्ता निवेदन दिनु पर्ने बताइएको छ । आयोगमा हालसम्म १ सय ५ वटा दल दर्ता भइसकेका छन् । र थप दल दर्ताको प्रक्रियामा छन् । निर्वाचनको लागि दल दर्ता गर्नुअघि लेखा परीक्षण प्रतिवेदन अनिवार्य गरिएको छ । 

आयोगले कुन दिन के काम गर्ने भन्ने कार्य योजना पनि बनाएको छ । निर्वाचन गर्ने दिनसम्मको योजना आयोगले स्वीकृत गरेको हो । दल दर्ता स्वीकृत भने फागुन २६ गते मात्रै हुनेछ । चैत ४ गतेसम्म निर्वाचन कार्यक्रम स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने आयोगको तयारी छ ।

दल दर्तापछि मात्रै आयोगले आचारसंहिता लागू गर्न लागेको छ । आयोगले फागुन २० गतेसम्म निर्वाचन निर्देशिका, कार्यविधि, आचारसंहिता र मापदण्ड बनाउने, दल दर्ता गर्ने, सरकारबाट बजेट लिइसक्ने, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्तिको लागि नामावली लिइसक्नु कार्यतालिकामा उल्लेख छ । 

चैत १५ गतेसम्म दल दर्ता स्वीकृत गर्ने, निर्वाचन कार्यक्रम स्वीकृत गर्ने, आचारसंहिता कार्यान्वयन गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, मतदान स्थल तथा मतदान केन्द्र निर्धारण, निर्वाचन अधिकृतको नामावली प्रकाशन गर्ने आयोगको योजना छ । बैशाख २० गतेसम्म मतदाता नामावली, परिचयपत्र, मतपत्र समेत छपाइ गरिसक्ने आयोगले जनाएको छ ।

Comments

KATHMANDU WEATHER