काठमाडौं/२८ माघ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन अघि आफ्नो पार्टीको ध्यान चार वटा विषयमा केन्द्रीत हुने बताउनु भएको छ ।
शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले एमालेले अब चार विषयमा ध्यान केन्द्रीत गर्ने बताउनु भएको हो ।
ओलीका अनुसार एमालेले ध्यान दिने चार विषयमा पहिलो छ– तोकिएकै मितिमा निर्वाचन गराउने।
एमालेले २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा गराउनमा पनि विशेष ध्यान दिने बताउनु भयो ।
एमालेको तेस्रो ध्यान जनतलाई भ्रममा पार्ने, अन्योलमा पार्ने परमादेशवादीका प्रयास असफल पार्नेतर्फ जाने अध्यक्ष ओलीले बताउनु भयो ।
एमालेले स्थानीय तहका परिणामलाई देशभत्ति, लोकतन्त्र र संविधानको वास्तविक कार्यन्वयनको पक्षमा पार्न पनि विशेष ध्यान दिने बताउनु भयो ।
‘यी काममा हामी अघि बढ्छौ र यिनै विषयलाई लिएर हामी प्रशिक्षण कार्यक्रमरु संञ्चालन गर्छौं। जसमा केन्द्रिय निर्वाचन विभाग, स्थानीय तह विभाग र पार्टी स्कुल विभागले संयुक्त रुपमा आफ्ना विषयमा केन्द्रित भएर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछन्,’ अध्यक्ष ओलीले भन्नुभयो ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments