काठमाडौं/२४ माघ
राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी खोल्ने संकेत गर्नु भएको छ ।
पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै आएका थापाले सोमबार पदाधिकारी, केन्द्रीय सदस्य र पूर्वकेन्द्रीय सदस्यहरुसँग छलफल गर्नु भएको हो ।
शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनसँग संवाद भएपनि कुनै प्रगति नभएको भन्दै उहाँले स्थानीय तहको निर्वाचन घोषणा गर्दा समेत आफ्ना मुद्दा संवोधन नभए विकल्प खोज्ने बताउनु भयो ।
आफूले विकल्प खोजेको अवस्थामा साथ दिन समेत उहाँले नेताहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘म दबाब दिन्नँ, आफ्नो अन्तरआत्मालाई सुन्नुस् ।’
यद्यपि, आफूले उठाएका विषयहरु संवोधन भए राप्रपामै बस्न तयार रहेको समेत उहाँले बताउनु भएको छ । भेलामा सहभागी राप्रपा पदाधिकारीहरुले भने अध्यक्ष राजेन्द्र लिङ्देनलाई दबाब दिने भन्दै हतारमा निर्णय नगर्न आग्रह गरेका छन् ।
थापा निकटवर्तीहरुका अनुसार उहाँले नयाँ पार्टी खोल्ने तयारी गरिरहनु भएको छ । कोरोनाको तेस्रो लहरका समयमा उहाँले विधान, राजनीतिक प्रस्ताव लगायतका काम गरिरहनु भएको छ ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments