Byroad News

Loading...

खुल्यो हिउँले अवरुद्ध त्रिभुवन राजपथ तर यात्रा गर्दा सतर्क हुनु पर्ने


खुल्यो हिउँले अवरुद्ध त्रिभुवन राजपथ तर यात्रा गर्दा सतर्क हुनु पर्ने

थाहानगर/२२ माघ
बिहीबारदेखि पटकपटक परेको हिउँले अवरुद्ध त्रिभुवन राजपथ शनिबार साझ खुलेको छ । 

सो खण्डको सडकमा थुप्रिएको हिउँ नगरपालिकाको जेसीवीले प्रहरीको समन्वयमा हटाएपछि सडक खुलेको हो ।  सडक सञ्चालनमा आएपछि सिमभञ्ज्याङ क्षेत्रमा रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् । 

आज सडक खण्ड सुचारु भएपनि अझै तुषारो जम्ने हुँदा सतर्क भएर यात्रा गर्न सिमभञ्ज्याङका व्यवसायी सुशान्त सिन्तानले बताउनु भयो । सडकको हिउँ हटाए पनि पानोरोमा रिसोर्टको मोडमा अझै कठिन हुन सक्ने हुँदा सतर्क रहन सिन्तानले सुझाव दिनु भएको छ ।

Comments

KATHMANDU WEATHER