थाहानगर/२१ माघ
मकवानपुरको दामन सिमभञ्ज्याङमा यो वर्ष तेस्रो पटक हिमपात भएको छ ।
गएरातीदेखि भएको बाक्लो हिमपातका कारण ऋषेश्वर मोडभन्दा तलदेखि बसीफाट माविको मोडसम्म करिव ४ किलोमिटरको सडकमा १ फिट बढी हिउँ जमेको छ । सो क्षेत्रमा अहिले यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
इप्रका पालुङका प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाका अनुसार नगरपालिकाको जेसीवीले हिउँ पञ्छाउने तयारी गरिरहेको छ ।
दामनमा पनि हिउँ परेपनि खासै जम्न नसकेको गौरी शंकर होटलका सञ्चालक सुजन खत्रीले बताउनु भयो । गत पुस १४ गते यो वर्षको पहिलो चोटि अझै बाक्लो हिमपात भएको थियो ।
सिमभञ्ज्याङमा परेको हिउँ
सिमभञ्ज्याङमा परेको हिउँ
सिमभञ्ज्याङमा परेको हिउँ
सिमभञ्ज्याङमा परेको हिउँ
सिमभञ्ज्याङमा परेको हिउँ
सिमभञ्ज्याङमा परेको हिउँ
सिमभञ्ज्याङमा परेको हिउँ
सिमभञ्ज्याङमा परेको हिउँ
सिमभञ्ज्याङमा परेको हिउँ
तस्वीरहरु: सुशान्त सिन्तान
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments