Byroad News

Loading...

हेटौंडा राप्तीतटमा शवदाह मेशिन जडान सुरु


हेटौंडा राप्तीतटमा शवदाह मेशिन जडान सुरु

हेटौंडा/२० माघ
हेटौंडा उपमहानगरपालिका कार्यालयले हेटौंडा–१० राप्तीतटमा शवदाह मेशिन जडान गर्न थालेको छ । 

उपमहानगरपालिका मेयर हरिबहादुर महतको योजना अनुरुप राप्ती तटमा अहिले मेशिन जडान भइरहेको छ । माघ महिनाको अन्त्यसम्ममा मेशिन जडान सकेर शवदाहका लागि तयार हुने कार्यालयले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाले भारतबाट ५५ लाख ६५ हजार रुपैयाँ लागतमा शवदाह मेशिन खरिद गरेको जानकारी दिएको छ । मेशिनको प्रयोगपछि शवदाहको क्रममा दाउराको खपत रोकिने, वातवरण प्रदुषण नहुने र छोटो समयमै शवदाहको कार्य सकिने बताइएको छ ।

एक सय १० फिट अग्लो चिम्नीसहितको मेशिनमा शवदाहका लागि शुल्क तिर्नु नपर्ने कार्यालयले जनाएको छ । 

Comments

KATHMANDU WEATHER