हेटौंडा/२० माघ
जिल्ला अदालत मकवानपुरले २०७६ साल माघ ४ गते बिहान मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर –५ क्याम्पाडाँडामा हत्या गरि फालिएको अवस्थामा भेटिएकी तेस्रो लिङ्गी नाम परिवर्तन ‘कमलडाँडा एफ’ को हत्यामा संलग्न भएकाहरुमध्ये ३ जनालाई जीवित रहेसम्म कैदको फैसला भएको छ । तीमध्ये एक जना नावालकलाई १६ वर्ष कैद, एकजनालाई ४ वर्ष कैद र एक महिलालाई १ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवनाको फैसला सुनाएको छ ।
जिल्ला अदालत मकवानपुरका निमित्त श्रेस्तेदार डिल्लीरत्न श्रेष्ठका अनुसार आरोपित चारजनाबाट हत्या भएकि तेस्रो लिङ्गीको परिवारलाई क्षतिपूर्ति भराउने समेत फैसला भएको छ ।
श्रेष्ठका अनुसार हत्यामा संलग्न रहेका शुसिल थापा, बुद्ध लामा र आशिष बललाई जवरजस्ती करणी, कर्तब्य गरि हत्या गरेको हुँदा जीवित रहेसम्म कैद, डाँका गरेकोमा ९ वर्ष कैद र ९० हजार जरिवाना, पीडितको परिवारलाई जनही ३ लाख रुपैँयाको दरले क्षतिपुर्ती भराउने फैसला भएको छ ।
हत्यामा संलग्न रहेका नाबालक नाम परिवर्तन ‘सिमलटार जेड’ लाई १६ वर्ष ८ महिना कैद, डाकातर्फ ९ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडितको परिवारलाई २ लाख रुपैँया क्षतिपूर्ती भराउने फैसला भएको छ ।
त्यसैगरी अर्का आरोपित सिमोन परियारलाई बलात्कार र हत्यातर्फ ४ वर्ष कैद, डाकातर्फ ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपैँया क्षतिपुर्ती भराउने फैसला भएको छ । तेस्रो लिङ्गीको मोबाइल प्रयोग गर्ने डोलमाया तामाङलाई १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ ।
यसैगरि पीडितको परिवारलाई थप ५ लाख रुपैँया पीडित राहात कोषबाट क्षतिपूर्ती भराउने समेत फैसला भएको छ ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments