Byroad News

Loading...

एमालेले प्रदेश अधिवेशन स्थानीय निर्वाचनपछि मात्रै गर्ने


एमालेले प्रदेश अधिवेशन स्थानीय निर्वाचनपछि मात्रै गर्ने

काठमाडौं/१९ माघ
नेकपा (एमाले) ले कोरोना संक्रमणका कारण माघ २८ गतेका लागि तय गरिएको प्रदेश अधिवेशनहरु स्थानीय तहको निर्वाचन पछि मात्र गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको क्र्न्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गर्दै पार्टी पंक्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा लाग्न निर्देशन समेत दिएको छ । बाँकी रहेका जिल्ला अधिवेशनहरू भने निर्वाचनअघि नै गर्ने निर्णय एमालेले गरेको छ । 

‘स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसान बाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ’, एमालेले भनेको छ ।

Comments

KATHMANDU WEATHER