Byroad News

Loading...

मन्त्री परिषद बैठकले जेठ ४ मा एकै चरणमा निर्वाचन तोक्ने


मन्त्री परिषद बैठकले जेठ ४ मा एकै चरणमा निर्वाचन तोक्ने

काठमाडौं/१८ माघ
प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जेठ २०७९ मा एकै चरणमा निर्वाचन गर्नेगरी मिति तोक्ने जानकारी गराउनु भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले ४ जेठ २०७९ मै स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नेगरी अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति तोक्ने जानकारी गराउनु भएको हो ।

सोही छलफलमा प्रधानमन्त्री देउवाले एकै चरणमा निर्वाचन गर्न सक्ने नसक्नेबारेमा आयोगका पदाधिकारीसँग जिज्ञासा राख्नु भएको थियो । आयोगका पदाधिकारीले एकै चरणमा निर्वाचन गर्न सकिने जवाफ दिएपछि प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट ४ जेठ २०७९ निर्वाचन गर्ने मिति तोक्ने जानकारी गराउनु भएको हो। 

आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ सम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो । यसअघि सोमबार कांग्रेस सभापतिसमेत रहेका  प्रधानमन्त्री देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी गराइसक्नु भएको थियो । 

Comments

KATHMANDU WEATHER