Byroad News

Loading...

भोलि बुधबार देशभर सार्वजनिक बिदा


भोलि बुधबार देशभर सार्वजनिक बिदा

काठमाडौं/१८ माघ
सरकारले सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि वागमती प्रदेश सरकारले प्रदेशभर ल्होसारमा बिदा दिने निर्णय गरेको थियो । तामाङ समुदायका अगुवाहरुले पर्वमा बिदा दिन माग गर्दै आएका थिए ।

Comments

KATHMANDU WEATHER