Byroad News

Loading...

बागमती प्रदेशका विभिन्न तीन स्थानमा रासायनिक मल कारखाना खोल्ने मन्त्री परिषद्को निर्णय


बागमती प्रदेशका विभिन्न तीन स्थानमा रासायनिक मल कारखाना खोल्ने मन्त्री परिषद्को निर्णय

हेटौंडा/१७ माघ
मन्त्रिपरिषद्को बैठकले बागमती प्रदेशको विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरेको छ । 

थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । 

‘प्रदेश सरकारले यस विषयमा कम्पनीसँग छलफल गरिरहेको छ । हामी आवश्यक परामर्श गरेर अगाडि बढ्नेछौं ।’, सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले भन्नुभयो । खनालका अनुसार सरकारले मल कारखाना खोल्नका लागि आवश्यक विद्युतको व्यवस्था गर्न प्राधिकरणसँग छलफल समेत गर्ने भएको छ । ‘धेरै खर्चभन्दा पनि सानो सानो खालका कम खर्चमा हुने उद्योग खोल्ने भनेका हौं ।’, उहाँले भन्नुभयो ।

मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारअन्तर्गत् सञ्चालन हुने वहुवर्षे ठेक्काको पनि मापदण्ड तय गर्ने भएको छ । यसैगरी प्रदेश किताब खाना समेत सञ्चालनमा ल्याउने निर्णय गरेको छ । 

बैठकले सामुदायिक विद्यालयमा अध्ययन गरेका सबै छात्रालाई स्नातकोत्तरको शिक्षा नि:शुल्क गर्ने निर्णय समेत गरेको छ ।

Comments

KATHMANDU WEATHER