Byroad News

Loading...

राप्रपा अध्यक्ष लिङ्देनद्वारा २४ पदाधिकारी तथा विभिन्न बिभाग प्रमुखहरु मनोनित (नामावलीसहित)


राप्रपा अध्यक्ष लिङ्देनद्वारा २४ पदाधिकारी तथा विभिन्न बिभाग प्रमुखहरु मनोनित (नामावलीसहित)

काठमाडौं/१६ माघ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारीमा २४ जना मनोनित हुनु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री पदमा गरि २४ जनालाई मनोनित गर्नु भएको हो । 

जसअनुसार उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी मनोनित हुनु भएको छभने महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रह्लाद प्रसाद साह मनोनित हुनु भएको छ ।  

यस्तै प्रवक्तामा भक्ति प्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुन सुन्दर लावती र गोपाल दाहाल, सहायक प्रवक्तामा प्रविन कुमार थोकर तामाङ, दिनेश कुमार साह, पूर्ण बहादुर चन्द मनोनित हुनु भएको छ ।

यस्तै सह महामन्त्रीमा मोहन प्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ, सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दिपक कुमार राई मनोनित हुनु भएको छ ।

अध्यक्ष लिङ्देनले पूर्वअध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी निकटका नेताहरु समेतलाई समेटेर पदाधिकारी मनोनित गर्नु भएको हो । यसअघि महाधिवेशनबाट राप्रपामा ४ उपाध्यक्ष  र तीन महामन्त्रीसहित १४९ जनाको केन्द्रीय समिति निर्वाचित भएकोमा पछि विधानअनुसार थप मनोनित गर्नु भएको हो । यस्तै अध्यक्ष लिङ्देनले विभिन्न विभागहरुको प्रमुख पनि मनोनित गर्नु भएको छ ।

जसअनुसार आर्थिक बिभाग प्रमुखमा दिनेश श्रेष्ठ,  धर्म तथा संस्कृति समन्वय बिभाग प्रमुखमा पुष्पराज पुरुष,  सूचना तथा प्रविधि बिभाग प्रमुखमा रविन चाम्लिङ, तराई मधेश विभाग प्रमुखमा रामप्रताप साह, अभिलेख तथा मुल्याङ्कन बिभाग प्रमुखमा मीना सुवेदी, सहकारी समन्वय बिभाग प्रमुखमा सुदर्शन थापा मनोनित हुनु भएको छ ।

यसैगरी रमानन्द न्यौपाने केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा मनोनित हुनु भएको छ ।

Comments

KATHMANDU WEATHER