मकवानपुरगढी/१५ माघ
मकवानपुरगढी गाउँपालिकामा जेसीज खुल्ने भएको छ । पालुङ जेसीजको मातृत्वमा मकवानपुरगढी जेसीज खुल्न लागेको हो ।
शनिबार सम्भावित मकवानपुरगढी जेसीजका सदस्यहरुलाई पालुङ जेसीजले प्रि-इन्डक्सन तालिम प्रदान गरिएको छ । पालुङ जेसीजका अध्यक्ष जयराम खत्रीको सभाध्यक्षतामा भएको तालिममा पालुङ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधानले सहजीकरण गर्नु भएको थियो ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले आफ्नो पालिकामा जेसीज स्थापना हुन लागेकोमा खुसी व्यक्त गर्दै बौद्धिक नेतृत्व विकासका लागि कोशे ढुङ्गा साबित हुने बताउनु भयो ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका ३ का वडाध्यक्ष भागवत घिमिरे, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्ष भरत गोपाली, मनोज रायमाझी र सम्भावित मकवानपुरगढी जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीले मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा मकवानपुरका प्राय: सबै शाखाका पूर्व अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।
हाल मकवानपुरमा हेटौंडा जेसीज, हेटौंडा लेडी जेसीज, बसामाडी जेसी, बस्तिपुर जेसीज र पालुङ जेसीज कृयाशील छन् ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments