Byroad News

Loading...

ट्याक्सीबाहेक सार्वजनिक सवारीमा जोरबिजोर हट्यो


ट्याक्सीबाहेक सार्वजनिक सवारीमा जोरबिजोर हट्यो

काठमाडौं/१४ माघ
काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरीमा लागू भएको जोर–बिजोर प्राणली हटेको छ।

शुक्रबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी सवारी र ट्याक्सी बाहेकका सार्वजनिक सवारीमा लागू भएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। 

तर, सर्वसाधारणहरुले भने यो निर्णयको विरोध गरेका छन् । सर्वसाधारणहरुले निजी सवारीमा जोर-विजोर कायमै राख्दा कार्यालय जानेहरुलाई समस्या पर्ने भन्दै सामाजिक सञ्जालमार्फत आलोचना गरेका हुन् ।

Comments

KATHMANDU WEATHER