Byroad News

Loading...

एकैदिन १५ जनाको मृत्यु, कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो


एकैदिन १५ जनाको मृत्यु, कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो

काठमाडौं/१३ माघ
पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १५ जनाको मृत्यु भएको छभने कोरोना भाइरस संक्रमितको संख्या ९० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मृतकको संख्या १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार २१९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको नमुना परीक्षण भएको थियो । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ३९ हजार २६७ र एन्टीजेन विधिबाट भएको परीक्षणमा १ लाख २२ हजार ८३८ जना पुगेको छ । संक्रमितमध्ये ८ लाख ३७ हजार ४ जना निको भएका छन् । 
बुधबारको तथ्यांकसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ९० हजार ५७६ जना पुगेको छ । 

Comments

KATHMANDU WEATHER