थाहानगर/१३ माघ
राष्ट्रिय जनगणना—२०७८ ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार थाहा नगरपालिकाको जनसंख्या ५.९१ प्रतिशतले घटेको छ ।
वि.सं. २०६८ को जनगणनाको तथ्याङ्क अनुसार थाहा नगरपालिकामा ४१ हजार ६२३ जनसंख्या रहेको थियो । २०७८ मा ३९ हजार १६३ जनसंख्या देखाएको छ । यो तथ्याङ्क अनुसार ५.९१ प्रतिशतले जनसंख्या घटेको हो । थाहानगरमा पछिल्लो जनगणना अनुसार १९ हजार ९२२ महिला र १९ हजार २४१ पुरुष रहेको देखिन्छ ।
२०६८ को जनगणनामा थाहानगरमा कुल घरधुरी ८ हजार ६४९ थियो भने यस पटक घरधुरी बढेर ८ हजार ९९५ पुगेको छ । परिवार संख्या भने ९ हजार ८४२ पुगेको देखिन्छ । यो तथ्याङ्क अनुसार घरबार बिहिन तथा एकै घरमा बसोबास गर्नेको संख्या ८४७ परिवार छ ।
तथ्याङ्क अनुसार देशभर कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छभने जनसंख्या बृद्धिदर ०.९३ प्रतिशत रहेको छ ।
Featured News
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments