Byroad News

Loading...

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०


नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०

काठमाडौं/१२ माघ
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको हो ।

यसअघि २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो।

विभागका अनुसार यस पटक जनसंख्या वृद्धिदर पनि घटेको छ। अहिले जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ। २०६८ साल जनगणनामा जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेको थियो।

Comments

KATHMANDU WEATHER