हेटौंडा/११ माघ
नेकपा (एमाले) मकवानपुरका नव निर्वाचित पदाधिकारी तथा केहि सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
गत पुस २३–२४ मा भएको नेकपा एमाले मकवानपुरको ११ औँ जिल्ला अधिवेशनले अध्यक्ष एकालाल श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको थियो ।
मंगलबार एमाले मकवानपुरको पार्टी कार्यालय हेटौँडामा भएको सपथ ग्रहण कार्यक्रममा एमालेका निवर्तनमान अध्यक्ष बद्रीप्रसाद लम्सालको पनि सहभागिता थियो ।
सपथ ग्रहणमा बोल्दै नेता लम्सालले आफू सहमतिको बाधक कहिले पनि नभएको र एमालेको नयाँ कमिटीले एमाले मकवानपुरलाई थप उचाई प्रदान गर्नेमा आदू विश्वस्त रहेको बताउनु भयो । २०३७ सालपछि आफू पहिलो पटक भूमिका विहिन भएको भन्दै उहाँले पार्टीले यसको मूल्याङ्कन गर्नेमा विश्वास ब्यक्त गर्नु भयो । उहाँले आफुले कुनै पद प्राप्तिको लागि वार्गेनिङ गर्न बिरोध नगरेको बताउनु भयो।
कार्यक्रममा एमाले जिल्ला अधिवेशनका निर्वाचन प्रमुख अर्जुन अर्यालले जिल्ला अध्यक्ष श्रेष्ठलाई सपथ ग्रहण गराएका थिए । अध्यक्षको सपथ ग्रहणपछि श्रेष्ठले जिल्ला उपाध्यक्ष लालबहादुर थापा, सचिव नविन सिग्देल, उप–सचिवहरु हिदम लामा तथा सिता विष्ट र सदस्यहरु जुना दाहाल, सुनिल मोक्तान, मदन दाहाल, रमिला सापकोटा, फुर्वादोर्जे लामा, सुमित्रा काफ्लेलाई सपथग्रहण गराएका थिए ।
सपथग्रहण समारोहमा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, कृष्णप्रसाद दाहाल सहितका नेताहरुको आतिथ्यता रहेको थियो ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments