Byroad News

Loading...

थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि


थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं/९ माघ
पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ र ४ हजार ६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएकाृे छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख २३ हजार ३०७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६५५ पुगेको छ भने ८ लाख २१ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० जना पुगेको छ । जसमध्ये ७५ हजार ३७६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २ हजार १५६ जना आईसीयू र ४० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १०५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३०५ जना कोरोना संक्रमित थपिएका छन् ।

Comments

KATHMANDU WEATHER