काठमाडौं/७ माघ
आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालमा पश्चिमी वायुको प्रभावका कारण देशभर नै मौसममा बदली भएको छ । केही स्थानहरुमा वर्षा र हिमपात पनि भइरहेको छ ।
मौसमविद् शान्ति कँडेलले आगामी सोमबारसम्म बदलीकै अवस्था रहने बताउनु भयो । केहिबेर घाम लागेजस्तो भएपनि फेरि मौसम उस्तै रहने उहाँले बताउनु भयो ।
कडेँलका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती, मधेश र प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भइरहेको छ । यस्तो अवस्था कम्तीमा सोमबारसम्म जारी रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।
Featured News
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments