काठमाडौं/५ माघ
मकवानपुरको थाहा नगरपालिका १० मा शिक्षक अस्पताल निर्माणका लागि प्रस्ताव गरेकोमा 'ठाउँ खोज्न गठित अध्ययन समति'ले चितवनको भरतपुर सिफारिस गरेको छ ।
शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाउँदै शिक्षक अस्पतालका लागि चितवनको भरतपुर महानगरपालिका-१५ भगवानपुर उपयुक्त हुने भनी सिफारिस गरेको हो ।
समतिले अस्पताल निर्माणका लागि थाहा १० मा पुगेर सम्भाव्यता अध्ययन गरेको थियो । थाहा १० सङ्गै भक्तपुरको सुर्यविनायक नगरपालिका-८ जागती, सुर्यविनायक नगरपालिका-४ गुन्डु र चितवनाको भरतपुर ५ भगवानपुरमा अध्ययन गरेको थियो ।
अध्यनपश्चात समितिले भरतपुर महानगरपालिका-५ भगवानपुर (कित्ता नम्बर ५०,५१,५२,६०,६१,६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विद्या जग्गा उपुयक्त रहेको निष्कर्ष निकालेको हो।
समितिका संयोजक डा. विमल शर्मा चालिसले देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहेको र भौतिक संरचना निर्माण गर्नका लागि जग्गा सम्याउने, पर्खाल लगाउने जस्ता साईट डेभलपमेन्ट कार्यमा चितवन किफायति हुने देखिएको बताउनु भएको छ ।
३ सय शैय्या क्षमताको संघीय शिक्षक अस्पताल बनाउने सरकारको तयारी छ । यसका लागि सरकारबाट स्वीकृत मापदण्ड बमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधा आवश्यक पर्ने जनाएको छ ।
साथै, वातावरणीय संरक्षण ऐन २०७६ बमोजिम वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी मापदण्डले तोके बमोजिम जनशक्ति व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाउन पनि समितिले मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।
प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले प्रतिवेदनमा उल्लेख गरिएका जग्गाको विषय थप अध्ययन हुने बताउनु हुँदै मन्त्रिपरिषदमा लैजाने प्रतिक्रिया दिनु भएको छ ।
शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न सरकारले गत कात्तिक २२ गते डा. चालिसेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो ।
-
19 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments