Byroad News

Loading...

प्रदेश नम्बर २ को नाम 'मधेस'


प्रदेश नम्बर २ को नाम 'मधेस'

काठमाडौं/३ माघ
प्रदेश २ को नाम 'मधेस प्रदेश' तोकिएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो । 

प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो ।

संविधानअनुसार प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले टुङ्गो लगाउनु पर्छ । मधेस प्रदेशको पक्षमा मतदान हुँदा ९९ सांसद उपस्थित भएकोमा प्रस्तावको पक्षमा ८० मतमात्र परेको हो ।

सभामुख सरोजकुमार यादवले प्रदेशको नाम तोक्नका लागि आवश्यक दुई तिहाई मत पुगेकाले प्रस्ताव स्वीकृत भएको घोषणा गर्नु भयो । प्रदेशको नाम मधेस पारित भएसँगै नामकरण सम्बन्धमा पेश भएका अन्य प्रस्ताव निस्क्रिय भएका छन् ।

Comments

KATHMANDU WEATHER