Byroad News

Loading...

थाहाका ७ सहित मकवानपुरमा ४० जना कोरोना संक्रमित, आजसम्म ३९९ संक्रमित


थाहाका ७ सहित मकवानपुरमा ४० जना कोरोना संक्रमित, आजसम्म ३९९ संक्रमित

थाहानगर/२ माघ
आइतबार थाहा नगरपालिकामा ७ जनासहित मकवानपुरमा ४० जनामा कोरोना संक्रमित थपिएका छन् ।

आइतबार मकवानपुरको ६ स्थानीय तहमा ६० जनाको एन्टीजेन परीक्षण गर्दा थप ४० जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा सबैभन्दा बढी मनहरी गाउँपालिकाभित्रका १३ जना रहेका छन् ।

यसैगरि, मकवानपुरगढीका ८ जना, थाहा नगरपालिकाका ७ जना, बकैया गाउँपालिकाका ६ जना, कैलाश गाउँपालिकाका ५ जना र बागमती गाउँपालिकाका १ जना रहेका छन् । योसंगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या ३ सय ९९ जना पुगेको छ ।

Comments

KATHMANDU WEATHER