Byroad News

Loading...

नेपाली काङ्ग्रेस जिल्ला सभापतिमा लामिछानेले पनि उम्मेदवारी दिने


नेपाली काङ्ग्रेस जिल्ला सभापतिमा लामिछानेले पनि उम्मेदवारी दिने

थाहानगर/३० पुस
नेपाली काङ्ग्रेस मकवानपुरको जिल्ला अधिवेशनमा जिल्ला सभापति पदका लागि जयराम लामिछानेले पनि उम्मेदवारी घोषणा गर्नु भएको छ ।

जिल्लाका कार्यकर्ताहरुको सुझाव लिएर लामिछानेले सभापति पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । प्यानलसहित निर्वाचनमा जाने तयारी गरिरहनु भएका लामिछानेले अहिले नै प्यानलसहितको नाम सार्वजनिक गर्न चाहनु भएन ।

जिल्ला सभापतिका लागि यश अघि नै आनन्दराम पराजुली र बुद्द लामाले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । पुस २७ गतेका लागि तय भएको जिल्ला अधिवेशन केन्द्रीय निर्वाचन समितिले माघ १५ सम्म स्थगन गर्ने निर्णय गरेको थियो । 

Comments

KATHMANDU WEATHER