पर्सा/२८ पुस
वीरगञ्जमा भइरहेको नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको हो ।
मंगलबार उद्घाटन सम्पन्न भएसंगै नेतृत्व चयनका राति नै बन्द सत्र सुरु भएको थियो । तर बन्द सत्रमा नेतृत्वमा सहमति जुट्न सकेन । नेतृत्व निर्वाचन प्रक्रियामा लैजाने वा सहमतिको वातावरण बनाउने निर्क्यौल नभएपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
अध्यक्ष मण्डलका अध्यक्ष प्रभु हजराले सहमतिको आधारमा सर्वसम्मतले पदाधिकारी तथा सदस्य चयन गर्न अधिकार अध्यक्ष मण्डललाई दिन प्रतिनिधिहरू समक्ष प्रस्ताव राखेपनि बन्दसत्रमा सोको विरोध भएको थियो ।
नेतृत्व चयनको प्रक्रियामा सहमति नभएपछि बन्द सत्र स्थगित भएको जनाइएको छ । पर्सा जिल्ला अधिवेशनमा ७ सय ८५ जना प्रतिनिधि सहभागी छन् । बन्दसत्र हलबाट बाहिर निस्किने क्रममा प्रतिनिधिहरुले अध्यक्ष मण्डलको विरोधमा प्रदर्शन गरेका थिए । विरोधपछि अध्यक्ष मण्डलका अध्यक्ष हजराले अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सूचना टाँस गरेका थिए ।
पूर्वसांसद विचारी यादव, जिल्ला सचिव मनोज गुप्ता, संविधानसभा सदस्य जयप्रकाश थारु, महानगर कमिटी सचिव सुन्दर कुर्मी, विश्वम्भर शर्मा र नवराज शर्मा गरी ६ जना जिल्ला अध्यक्षका आकांक्षी छन् ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments