हेटौंडा/२६ पुस
कोरोना भाइरस कोभिड-१९ संक्रमणको जोखिम बढेको भन्दै जिल्ला कोभिड व्यवस्थापन समिति मकवानपुरको बैठक बसेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यलय मकवानपुरमा बसेको बैठकले कोरोना संक्रमण बढेको भन्दै सबै क्षेत्रहरुमा जनस्वास्थ्यका मापदण्डहरु पालना गरी उच्च सतर्कता अपनाउन आह्वान गर्ने निर्णय गरेको छ ।
यसैगरि, बैठकले १० वटै स्थानीय तहहरुमा कोरोना विरुद्धको खोप अभियान संचालन गर्ने र पीसीआर र एन्टीजेन परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणको तेस्रो लहरलाई मध्यनजर गर्दै सबै स्थानीय तहले स्वास्थ्य पूर्वाधार एवं जनशक्ति र अक्सिजनको व्यवस्थापन गरी पूर्व तयारी अवस्थामा रहने निर्णय गरेको छ ।
बैठकले सरकारी कार्यालयहरुमा आउने सेवाग्राहीहरुले खोप लगाए नलगाएको बुझेर नलगाएकाहरुलाई लगाउन आग्रह गर्ने निर्णय पनि गरेको छ ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments