थाहानगर/२५ पुस
थाहा नगरपालिकाले वार्षिक रुपमा संचालन गर्ने खेलकुद प्रतियोगिता अन्तर्गत तेस्रो संस्करणको 'थाहा गोल्डकप- २०७८' को सम्पूर्ण तयारी पूरा भएको छ ।
इन्द्रायणी खेल मैदानमा भोलि सोमबारदेखि हुने प्रतियोगितामा मकवानपुरका २० सहित २६ टिमले भाग लिनेछन् । प्रतियोगिताका विजयी टिमले १ लाख रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाण पत्र पाउने छन् । उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाणपत्रको व्यवस्था गरिएको आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
थाहा आन्दोलनका प्रणेता स्व. रुपचन्द्र विष्टको जन्म दिन पारेर भोलि पुस २६ गतेबाट शुरु हुने प्रतियोगिता माघ ५ गतेसम्म संचालन हुनेछ ।
थाहा नगरपालिकाले वार्षिक रुपमा आयोजना गर्दै आएको यो प्रतियोगिता स्थानीय खेलाडीहरुलाई "जित्नका लागि र सिक्नका लागि कोशे ढुङ्गा बन्न सक्ने हाम्रो विश्वास रहेको छ ।" थाहानगर खेलकुद विकास समितिका संयोजक राजेश केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
-
20 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments