Byroad News

Loading...

सहयोगी बचत तथा ऋण सहकारीको कारोवार ११ करोड


सहयोगी बचत तथा ऋण सहकारीको कारोवार ११ करोड

थाहानगर/२४ पुस
सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न भयको छ।

संस्थाका अध्यक्ष अञ्जल प्रधानको सभापतित्व तथा थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भयको हो।

कार्यक्रमलाई संस्थाका कोषाध्यक्ष राजमान श्रेष्ठले स्वागत गर्नुभयको थियो। साधारण सभामा आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष अञ्जल प्रधानले संस्थाले आगामी दिनहरुमा अन्य लगानीका क्षेत्रहरुको खोजी गर्दै सदस्यहरूलाई लाभसहितको सेवा दिदै अग्रणी सहकारीको रुपमा स्थापित गर्दै लाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

अध्यक्ष प्रधानले संस्थाको भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थागत पुजी वृद्धि,भौतिक पुर्वाधार र प्रविधिको विकास गर्ने,सदस्य तथा कर्मचारीको क्षमता अभिबृद्दी गर्ने ,लगानिको विशेष क्षेत्रको पहिचान गर्ने, लगायतका योजना प्रस्तुत गर्नुभएको थियो। त्यसैगरि कोषाध्यक्ष राजमान श्रेष्ठले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले यस बर्ष १० करोड ९२ लाख रुपैयाँको आर्थिक कारोबार गरेको जनाएको छ ।

संस्थाले ८ करोड २ लाख ऋण लगानी गरेको छभने ७ करोड ६४ लाख बचत गरेको छ। कार्यक्रममा संस्थाका सदस्य सुन्दर प्रधानको दुर्घटनामा ज्यान गुमाएपछि बिमा स्वरुप २५ लाख रुपैयाँको बिमा रकम प्रधानकी श्रीमति सावित्री प्रधानलाई हस्तान्तरण गरेको छ । 

कार्यक्रमलाई शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि लवशेर बिष्टले सदस्यहरुको ऋण बिमा गरेर राम्रो कामको सुरुवात गरेकोले थाहा नगरभित्रका अन्य सहकारीहरुले पनि अबलम्बन गर्नुपर्ने बताउदै सदस्यहरु चनाखो भएर कारोबार गर्नुपर्ने बताउनु भयो । विष्टले थाहा नगरभित्रका सहकारीहरुले उत्कृष्ट कारोबार गरिरहेकोले खुशी ब्यक्त गर्नुभयो।

साधारणसभाको अवसरमा पालिका स्तरीय जिल्ला फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल थाहा नगरका खेलाडी तथा सहकारीका सदस्य आदर्श श्रेष्ठ तथा कृषि व्यवसायी तथा सदस्य रमेश लामिछानेलाई सहकारीमार्फत कृषकलाई भुक्तानी गरेको भन्दै दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मानित गरेको छ ।

त्यसैगरी सहकारीमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुमा कृतिका प्रधान बाल बचत, नारायण बिश्वकर्मा, बिकेस गोपाली, दिलिमाया प्रधान, गौतम प्रधानलाई सम्मान गरिएको छ । कार्यक्रममा थाहा नगर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुर्षोत्तम ढकाल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य जर्म श्रेष्ठलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

Comments

KATHMANDU WEATHER