Byroad News

Loading...

एमाले मकवानपुरमा थाहाका ६ जना निर्विरोध, अन्य ५ निर्वाचन भिड्दै


एमाले मकवानपुरमा थाहाका ६ जना निर्विरोध, अन्य ५ निर्वाचन भिड्दै

हेटौंडा/२४ पुस
नेकपा एमाले मकवानपुरको जारी ११ औं जिल्ला अधिवेशनबाट थाहानगरका ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

थाहा नगरका लागि छुट्याइएको २ महिला र ४ खुल्ला भुगोल तर्फको जिल्ला सदस्यमा सबै जना निर्विरोध निर्वाचित भएका हुन् । महिलातर्फ कल्पना बलामी र सुनिता दोङ निर्विरोध भएका छन् । 

खुल्ला भुगोल तर्फ सुरेन्द्रमान प्रधान, हरि गोपाली, युवराज गोले र शिवराम थापा निर्विरोध भएका छन् । खुल्ला थाहानगर भुगोल तर्फका उम्मेदवारहरु बिमल कुमार ढकाल, चित्रबहादुर बलामी, श्यामभक्त श्रेष्ठ र काजीमान थिङले उम्मेदवारी फिर्ता लिएपछि सबै जना निर्विरोध भएका हुन् ।

यसैगरी, थाहानगरका विष्णु प्रसाद ढकालले जिल्ला उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिनभरी सहमतिको प्रयास सफल नभए पछि आइतबार विहान ८ बजेका लागि निर्वाचनको समय तोकिएको छ ।

यसैगरी थाहाका बुद्दरत्न मानन्धर, शशीधर सुवेदी, केदार बल र नवराज कार्की जिल्ला खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका छन् । कुल १६ पदका लागि ६४ जनाको उम्मेदवारी परेपछि खुल्ला सदस्यमा निर्वाचनको पक्का भएको छ । यसैगरी थाहाका रमेश सेञ्चुरी दलित कोटाबाट जिल्ला सदस्यका उम्मेदवार बनेका छन् ।   

सुरेन्द्रमान प्रधान

युवराज गोले

हरि गोपाली

शिवराम थापा

कल्पना बलामी

सुनिता दोङ

                     

Comments

KATHMANDU WEATHER