Byroad News

Loading...

राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन दलका बीच सिट संख्या बाँडफाँट


राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन दलका बीच सिट संख्या बाँडफाँट

काठमाडौं/१९ पुस
सत्ता साझेदार पाँच दलीय गठबन्धनमा राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लागेको छ ।

बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो । यसअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।

राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ स्थान रिक्त हुँदैछ । कांग्रेसले आफ्नो ३ सहित थप ४ गरी ७ सीटमा भाग खोजेको थियो ।

माओवादी र एकीकृत समाजवादीलाई उनीहरुको रिक्त रहेको ४–४ सीट दिएर थप एक–एक सीट दिन कांग्रेस सहमत भएको थियो ।

सत्ता गठबन्धनमा भागबण्डा मिलेसँगै एमालेले आफ्नो ८ सिट जोगाउनुपर्ने चुनौती सामना गर्न समस्या पार्ने देखिएको छ । पाँचै दल एक ठाउँमा मिल्दा प्रदेश १ बाहेकका स्थानमा एमालेका लागि संकट रहनेछ ।

राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।

यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बसेको थियो ।

Comments

KATHMANDU WEATHER