थाहानगर/१७ पुस
हेटौंडामा मूख्य कार्यालय रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको पालुङ सदस्य सेवा केन्द्रको वार्षिक साधारणसभा शनिबार विकास घरमा सम्पन्न भएको छ ।
पालुङ केन्द्रका संयोजक भरत गोपालीको सभापतित्वमा सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना' को प्रमुख आतिथ्यतामा भएको हो ।
केन्द्र संयोजक गोपालीले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार पालुङ केन्द्र अन्तर्गत ६७१ जना शेयर सदस्य रहेकोमा कुल १७१ जना सदस्यले कर्जा कारोबार गरेका छन् । १ करोड १२ लाख २९ हजार १४६ रुपैयाँ बचत रहेको सहकारीले केन्द्रीय कार्यालयसङ्गको समन्वयमा ५ करोड १३ लाख ८७ हजार ५७९ रुपैयाँ कर्जा लगानी गरि ५३ लाख बढी मुनाफा गर्न सफल भएको छ ।
सभामा पालुङ केन्द्रका व्यवस्थापक राममाया खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नु भयो । सभामा पत्रकार कुमार नेगी, सुखी भविष्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधान, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्री, नेकपा माओबादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ज्योती रायमाझी, थाहा नगरपालिका उपप्रमुख खड्ग गोपाली, रेडियो मकवानपुरका संयोजक आनन्दराम पराजुलीलगायतले शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा अध्यक्ष उपाध्यायले संस्थाका सदस्यहरुको हितका लागि मागमा आधारित कार्यक्रमहरु सञ्चालन गरि सदस्यहरुको आर्थिक उपार्जनमा टेवा पुर्याउने बताउनु भयो । अध्यक्ष उपाध्यायले आफ्ना सदस्यहरुको स्वरोजगारीका लागि संस्थाले लगानी गर्दै आएको र संस्थाले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताउनु भयो । उपाध्यायले संस्थाले मुनाफामा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व समेत पूरा गर्दै आएको बताउनु भयो । सभाको अन्त्य तिर आइपुग्नु भएका बागमती प्रदेश भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर चेपाङले थाहा नगरको विकासका निमित्त आफ्नो मन्त्रालयमा आउन ध्यानाकर्षण गराउनु भयो । मन्त्री चेपाङले तत्काल आवश्यकताका आधारमा २० करोड मुनिको योजनाहरुको डीपीआर तयार गरि आउन आग्रह गर्नु भयो ।
संस्थाले साधारणसभाको अवसरमा विभिन्न विधातर्फ आफ्ना उत्कृष्ट सदस्यहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । संस्थाको केन्द्रीय कार्यालय अन्तर्गत गत आर्थिक वर्षमा ९ अरव ८३ करोड रुपैयाँ कारोवार गर्दै बिभिन्न स्थानमा गरि ११ वटा सम्पर्क कार्यालयहरु सञ्चालनमा छन् ।
यसैबीच, संस्थाले हालै सम्पन्न नेपाली काङ्ग्रेसको महाधिवेशनबाट सहमहामन्त्री पदमा निर्वाचित भैइ आठौं वरियतामा रहन सफल भएकोमा संस्थाका अध्यक्ष उपाध्यायलाई पालुङ केन्द्रका संयोजक गोपालीले दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।
अध्यक्ष उपाध्यायलाई सम्मान गर्दै
सम्मान पछि तस्वीर खिचाउदै
-
19 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments