थाहानगर/१६ पुस
नेकपा एमाले मकवानपुरले ११ औं जिल्ला अधिवेशनको लागि आज जिल्लाको १० वटै स्थानीय तहको १ सय २ वटा वडामा प्रतिनिधि छनोट काॠ भैरहेको छ ।
आउँदो यहि पुस २३ र २४ गते हेटौंडामा हुने जिल्ला अधिवेशनको लागि आज जिल्लाको १ सय २ वटै वडामा सर्वसम्मत प्रतिनिधि छनोटको तयारी रहेको एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले जिल्लाका ९ हजार संगठित सदस्यहरुले वडाबाट जिल्ला अधिवेशनको लागि प्रतिनिधि छनोट गर्ने बताउनु भयो ।
सचिव श्रेष्ठका अनुसार १ सय २ वडाबाट ४ सय १६ जना प्रतिनिधि, जिल्ला आयोजक कमिटीका ३ सय ३८ जना र मनोनित गर्न बाँकीसहित गरेर जिल्ला अधिवेशनको लागि ८ सय प्रतिनिधि हुनेछन् ।
प्रतिनिध छनोट गर्दा एमालेले खुलामा ३० जना संगठित सदस्य बराबर एक, महिलाको २० जना संगठित सदस्य बराबर एक, १० जना दलित प्रतिनिधि बराबर १ प्रतिनिधि, एउटै पालिकाबाट ३ जनाभन्दा बढी दलित प्रतिनिधि आउने भएमा १ महिला अनिवार्य हुनुपर्ने एमाले मकवानपुरले जनाएको छ ।
१ सय २ वटै वडामा प्रतिनिधि छनोटको सहजिकरण जिल्ला सदस्यले गरिरहेको बताइएको छ ।
यसैबीच, थाहा नगरपालिकामा पनि सबै वडाहरुमा करिव करिव सर्वसम्मत प्रतिनिधि चयन भएको नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकालले बताउनु भयो । ढकालका अनुसार केही वडाहरुमा अझै सर्वसम्मतको प्रयास भैरहेको छ ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments