थाहानगर/१४ पुस
थाहानगरको आसपासमा बुधबार विहानैदेखि हिमपात भएपछि यहाँको जनजीवन प्रभावित भएको छ ।
बुधबार दामन, सिमभञ्ज्याङ, देउराली, टिष्टुङ आसपासका डाडाहरु हिउँले सेताम्य भएपछि प्राय: सबै बिद्यालयहरुको पठनपाठन प्रभावित रह्यो । धेरै जसो विद्यालयहरुले बिदा नै घोषणा गरे । खुलेका विद्यालयहरुमा पनि नगण्य संख्यामा विद्यार्थी उपस्थित रहेपछि आधा दिन मै छुट्टी गरिएको थियो तर शिक्षा शाखाले भने प्रतिकूल मौसम सम्बन्धी कुनै सूचना प्रकाशित गरेन । उता हेटौंडामा भने उपमहानगरपालिकाले प्रतिकूल मौसम रहेको जनाउदै बिद्यालय बिदा गर्ने निर्णय गरेको थियो ।
सरकारी कार्यालयहरु सबै खुकेका भएपनि सेवाग्राहीहरु देखिदैन थिए । खुलेका पसलहरुमा पनि ग्राहकको चहलपहल देखिएन । नगरबासी बुधबार दिनभरी आगो बालेर न्यानोमा बस्ने प्रयत्न गरिएको देखियो ।
यसैबीच, बिहीबार पनि सम्भावित मौसमलाई ध्यान दिदै धेरै जसो बिद्यालयहरुले पठनपाठन नगर्ने निधो गरेका छन् । शिखरकोटको हिमालयन इङ्लिस सेकेन्डरी बोडिङ स्कुलले बिहीबार र शुक्रबारका लागि बिदा गरिएको बिद्यालय संयोजक संगम कार्कीले बताउनु भयो । यसैगरी, पालुङ भ्याली हार्ट एकेडेमीले पनि बिहीबार बिद्यालय बिदा रहेको सूचना मार्फत जानकारी गराएको छ । नगर शिक्षा शाखाका अनुसार आवश्यक्ता अनुसार सम्बन्धित विद्यालयले स्थानीय बिदा गर्न सकिने जनाएको छ ।
-
-
-
3 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments